लालिगा : साविक विजेता रियल घरेलु मैदानमा पराजित

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा साविक विजेता रियल मड्रिड आफ्नै घरेलु मैदानमा पराजित भएको छ । यससँगै उसको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

अल्फ्रेदो डि स्टेफानोमा काडिजसँग मड्रिड आफ्नै घरेलु मैदानमा १–० ले पराजित भएको हो । काडिजको जितका लागि इन्थोनी लोजानोले निर्णायक गोल गरे । उनले अल्भारो नग्रेदोको पासमा गोल गर्दै नवौं मिनेटमै कार्डिजलाई अग्रता दिलाएका थिए।

काडिजले रियल मड्रिडविरुद्ध १९९१ पछि अवे मैदानमा पहिलो पटक जित निकालेको हो । रियलले काडिजविरुद्ध २१ खेलमा एक खेल मात्र हारेको थियो । घरेलु मैदानमा १२ खेलयता अपराजित रहेको मड्रिड पहिलो पटक पराजित भएको हो ।