मन्त्रिपरिषदमा हेरफेर, पौडेल अर्थमन्त्री, गुरुङ सञ्चार, पोखरेलको मन्त्रालय खोसियो (सूचीसहित)

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र जिम्मेवारी हेरफेर गरेका छन । उनले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् ।

अर्थ मन्त्रालय, शहरी विकास र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरिएको छ । अर्थ मन्त्रालयमा विष्णु पौडेल, सहरी विकासमा कृष्ण गोपाल श्रेष्ठ र महिला बालबालिका मन्त्रालयको जिम्मेवारी लिलानाथ श्रेष्ठलाई दिइएको छ ।

सञ्चार मन्त्रालयको जिम्मा यसअघि बालबालिका मन्त्री रहेका पार्वत गुरुङलाई दिइएको छ। रक्षा मन्त्रालयको जिम्मा भने प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँ राखेका छन्।
यस्तो छ मन्त्रिपरिषद :