थप २१२० जनामा कोरोना संक्रमण, संक्रमित ८४ हजार ६६० पुगे

काठमाडौँ – नेपालमा आज थप २ हजार १२० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २ हजार १२० जनामा कोरोनाको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ८४ हजार ६६० पुगेको छ । नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या ६२ हजार ७४० पुगेको छ ।

पछिल्लो २४ घन्टामा २०४४ जना डिस्चार्ज भएका छन् ।