थप १९११ जनामा संक्रमण, मृतकको संख्या पनि ५०० पुग्यो

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) बाट नेपालमा संक्रमितको संख्या संख्या ७९ हजार ७२८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । बिहीबार कोरोनालाई जितेर ९६१ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। संक्रमितमध्ये ५७ हजार ३८९ जना निको भएर घर फर्किएका छन्।

थप ११ को मृत्यु

त्यसैगरी मन्त्रालयले पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको मन्त्रालयले बताएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९६१ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ ।