आइपिएलमा बैंग्लोरको विजयी सुरुवात

काठमाडौँ – यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार राति भएको खेलमा बैंग्लोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

बैंगलोरले दिएको १ सय ६४ रनको लक्ष्य पच्याएको हैदराबादले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५३ रनमा समेटिएको थियो । बैंगलोरका लागि डेभदत्त पडीक्कल र एबी डी भिलियर्सले अर्धशतकीय इनिङ्स खेले ।