थप ९०२ जनामा संक्रमण पुष्टि, संक्रमित ४७ हजार २३६ पुगे

काठमाडौँ – नेपालमा आज थप ९०२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ९७९ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ४७ हजार २३६ पुगेको छ । पछिल्लो २४ घन्टामा २२८७ जना डिस्चार्ज भएका छन् । यस सँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ ।

काठमाडौँमा थपिए ३९६ जना

यसैबीच, काठमाडौं उपत्यकामा ३९६ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ३००, भक्तपुरमा ५८ र ललितपुरमा ३८ जना नयाँ संक्रमित थपिएका हुन् ।