आजसम्मकै बढी संक्रमित थपिए

काठमाडौँ – नेपालमा आज थप १३ सय ५९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १३ सय ५९ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ४४ हजार २३६ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३५४ जना डिस्चार्ज भएका छन् । नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या २५ हजार ५६१ पुगेको छ ।

थप १४ जनाको मृत्यु

यसैबीच मन्त्रालयले शुक्रबार थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँकी ८२, ६७ र २२ वर्षीय तीन महिला, चितवनकी ३५ वर्षीय एक महिला, सप्तरी ५५ र ५५ वर्षीय दुई पुरुषको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

त्यसैगरी धनुषाका ६५ वर्षीय एक पुरुष, रसुवाका ३१ एक पुरुष, कास्कीका ३७ वर्षीय नवलपरासीका ३७ वर्षीय एक पुरुष, प्युठानका ५८ वर्षीय एक पुरुष, रुपन्देहीका ७८ वर्षीय एक पुरुष, पाल्पाका ६३ वर्षीय एक पुरुष र सुर्खेतका ४२ वर्षीय एक पुरुषको निधन भएको छ ।

यो सँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २७१ पुगेको छ ।