मेघगर्जनसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना भएको भन्दै सतर्क रहन आग्रह गरेको छ ।

गण्डकी , प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका थौरै स्थानहरूमा र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षाको अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले गण्डकी र प्रदेश ५ का धेरै स्थान र बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

आगामी २४ घण्टामा गण्डकी, प्रदेश ५ का थोरै स्थानहरूमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।