लामो दुरीका यातायात र आन्तरिक हवाइ उडान भदौ मसान्तसम्म नखुल्ने

काठमाडौँ – यसअघि भदौ १६ गतेदेखि लामो दूरीका यातायातका साधन र आन्तरिक हवाइ उडान चलाउने निर्णय गरेको सरकारले लामो दूरीका यातायातका साधन र आन्तरिक हवाइ उडान भदौ मसान्तसम्म सञ्चालन नगर्ने भएको छ । मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले लामो दूरीका यातायातका साधन र आन्तरिक हवाइ उडान भदौ मसान्तसम्म सञ्चालन नगर्ने निर्णय गरेको गरेको हो।

अन्तराष्ट्रिय हवाई उडान भने सर्तसहित भदौ १६ गतेबाट सुरु गर्न अनुमति दिइएको छ । सरकारले यसअघि दैनिक ५०० जना मात्र ल्याउन दिने निर्णय गरेको थियो।

सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै तत्कालका लागि लामो दूरीका यातायातका साधन, हवाई उडान र शिक्षण संस्था नखोल्ने निर्णय गरेको हो।

कोरोना महामारी बढेपछि राजधानी काठमाडौंमा करिब दुई सातायता निषेधाज्ञा जारी छ।  यस्तै मन्त्रीपरिषद्को बैठकले कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि अहिले लागू गरिएका निर्णयलाई थप कडाइ गर्ने निर्णय पनि गरेको छ।

बैठकले विदेशी कामदार लिने निर्णय गरेका मुलुकहरुका लागि श्रम स्वीकृति खुला गर्ने निर्णय समेत भएको छ । बैठकले ल्हासा र हङकङका लागि महाबाणिज्यू दूत समेत नियुक्त गरेको छ ।