कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) का कारण आज थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १४ जनाको पुष्टि गरेको हो ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार सुनसरीकी ७४ वर्षीय एक जना महिला र ६० वर्षीय एक पुरुष, बाराकी ४७ वर्षीय एक महिला, महोत्तरीकी ६२ वर्षीय एक महिला ७० र ३५ वर्षीय दुई पुरुष, काठमाडौकी ७२ वर्षीय एक महिला, मोरङका ६२ वर्षीय एक पुरुषको मृत्यु भएको हो । त्यसैगरी रौतहटका ३० वर्षीय एक पुरुष, ललितपुरका २९ वर्षीय एक पुुरुष, भक्तपुरका ६५ वर्षीय एक पुरुष, नवलपरासीका ६२ वषीय एक पुरुष, रुपन्देहीका ५७ र ६७ वर्षीय दुई पुरुषको निधन भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ ।