कोरोनाबाट थप ६ जनाको मृत्यु

काठमाडौँ – नेपालमा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले मृत्यु भएका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार काठमाडौंमा एक महिला, मकवानपुर र सप्तरीमा एक एक पुरुष र पर्सा जिल्लामा एक महिला र दुई पुरुषको निधन भएको हो । यो सँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२६ पुगेको छ ।

 पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २०० जनासहित नेपालमा आज ७०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।