पुजारीको गोली हानी हत्या

काठमाडौँ – रौतहटमा गए राती एक मन्दिरको पुजारीको गोली हानी हत्या भएको छ । माधबनारायण नगरपालिका–२ खेसरियामा रहेको हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोलि हानी हत्या भएको हो ।

मन्दिर प्राङ्गणमा खाना खाइरहेको समयमा आएका बन्दुकधारीले कन्चटमा गोली हानी हत्या गरेको जनाइएको छ । घटनास्थलमा प्रहरीको टोली तत्काल पुगेर खोजतलास गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक रविराज खडकाले हत्या गर्ने समुहको खोजी भइरहेको जानकारी दिनुभयो ।