२४ घण्टामा थप ५९४ जनामा संक्रमण पुष्टि, संक्रमित, २५ हजार ५५१ पुगे

काठमाडौँ – नेपालमा आज थप ५९४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ५९४ जनामा कोरोनाको संक्रमण देखिएको जानकारी दिनुभयो ।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २५ हजार ५५१ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २४० जना डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १७ हजार ७७ पुगेको छ ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ । यससँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ९९ पुगेको छ ।