गण्डकी प्रदेशमा थपिए २१ संक्रमित

काठमाडौँ – गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित २१ जनामध्ये तनहुँका २० जना छन् ।

स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति जारी गर्दै थप २१ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो । तनहुँ भानु–१ का १४ पुरुष र ६ महिला गरि २० जना र स्याङ्जा पुतलीबजारका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको हो ।

थप २१ जनामा संक्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ६८१ पुगेको छ ।