कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ६५ पुग्यो

काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ, सर्लाही, धनुषा र सप्तरीमा ५ जना संक्रमितको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार निधन भएका मोरङको रंगेली नगरपालिका ८ का ४५ वर्षिय पुरुष, मोरङको विराटनगर महानगरपालिका ४५ पुरुष, सर्लाहीको मलंगवा ८ का ६५ वर्षिया वृद्धा, धनुषा मिथिला नगरपालिका १० का ७२ वर्षिया वृद्धा र सप्तरीका ४२ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।