काठमाडौँमा थप ३१ जनामा कोरोना संक्रमण

काठमाडौँ – काठमाडौं उपत्यकामा आज थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना भाइरसका संक्रमित भेटिएका छन् ।

यसअघि मंगलबार ५३, बुधबार १५, बिहिबार ४५, शुक्रबार ३८ जना कोरोना सङ्क्रमित थपिएका थिए ।

काठमाडौंमा कोरोना सङ्क्रमितको संख्यामा निरन्तर वृद्धि हुँदै गएपछि गृह मन्त्रालयले साँझ ७ बजेदेखि बिहान सात बजेसम्म उपत्यका प्रवेशमा रोक लगाइसकेको छ ।