काठमाडौँमा दुई जना ट्राफिकमा कोरोना संक्रमण, बग्गीखाना सिल

काठमाडौँ – दुई जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखाना शिल गरिएको छ ।

संक्रमणको जोखिम बढेपछि महाशाखाका प्रमुख, एसएसपी भीमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । संक्रमण पुष्टि भएकाहरुलाई अस्पताल पठाइएको छ ।