अनलाइन कक्षाका लागि प्याब्सन एनसेलबीच सम्झौता

काठमाडौँ – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले अनलाइन कक्षा सञ्चालनमा अभिभावकहरुलाई राहत दिनेगरी एनसेलसँग सम्झौता गरेको छ । यसअघि नेपाल टेलिकमसँग समन्वय गर्ने गरी सबै प्रक्रिया पूरा गरेको भएपनि टेलिकिमले डाटा खरिद शुल्क बढाएको तथा सम्झौतामा चासोपनि नदिएकाले एनसेलसँग सम्झौता गरिएको प्याब्सन ई लर्निङ कार्यक्रम संयोजक एवं प्याब्सन केन्द्रीय उपाध्यक्ष दीपिका थापा रिमालले खुल्लापाटीलाई जानकारी दिनुभयो ।

थापका अनुसार प्याब्सनको यस सम्झौताले शिक्षक, विद्यार्थी र अभिभावकलाई राहत मिल्नेछ । यसका लागि अभिभावकले एनसेल सिम खरिद गर्नुपर्ने उहाँले बताउनुभयो ।

 

यसअघि प्याब्सनले नेपाल टेलिकमसँग समन्वय गर्ने निर्णय गरेपनि एनसेलसँग सम्झौता गरेको हो ।