आज कोरोना संक्रमणमा ह्वात्तै वृद्धि, संक्रमित १९ हजार ६३ पुगे

काठमाडौँ – पछिल्ला केही दिन कोरोना भाइरस संक्रमण न्युन देखिएको भएपनि पछिल्लो २४ घण्टामा संक्रमित बढेका छन् । मंगलबार ३११ जना कोरोना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार मंगलबार थप ३११ जनामा संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२१ जना निको भएर घर फर्किएका छन् । योसँगै कोरोना संक्रमण भएपनि निको भएर घर फर्किनेको संख्या हालसम्म १३ हजार ८७५ जना पुगेको छ ।

हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ जना पुगेको छ ।