काठमाडौँ उपत्यकामा ९ सहित १४७ जनामा कोरोना संक्रमण

काठमाडौँ – काठमाडौं उपत्यकामा आज ९ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा मात्र ५ जना संक्रमित भेटिएका हुन् ।

ललितपुर र भक्तपुरमा २–२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए । काठमाडौँ उपत्यकामा ९ सहित नेपालमा आज थप १४७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा थप १४७ जनामा कोरोनाको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १८ हजार २ सय ४१ पुगेको छ । नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १२ हजार ८४० पुगेको छ ।