भारतमा संक्रमितको नयाँ रेकर्ड, एकैदिन ४० हजार २४३ संक्रमित

काठमाडौँ – भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । एकै दिन अहिलेसम्मकै सर्वाधिक ४० हजार २४३ जना संक्रमित भएका छन् ।

यसअघि आइतबार त्यहाँ ३७ हजार ४०७ जना संक्रमित भएका थिए । संक्रमण फैलिएको ६ महिनाभन्दा बढीको यो समयमा संक्रमित संख्या ११ लाख १८ हजार १०७ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो ।

अहिलेसम्म संक्रमितमध्ये ७ लाख ३९९ जना संक्रमणमुक्त भएका छन् भने ३ लाख ९० हजार २०५ जनाको उपचार भइरहेको छ । सोमबार बिहानसम्म ज्यान गुमाउनेको २७ हजार ५०३ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ६७५ जनाको मृत्यु भएको छ ।