पहिरोका कारण आँबुखैरेनी–गोरखा सडकखण्ड अवरुद्ध

काठमाडौँ – पहिरोका कारण गोरखा– आबुँखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गोरखा नगरपालिका–१२ स्थित अबुवा नजिकै माथिबाट खसेको ठूलो पहिराले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख मित्रलाल ढकालका अनुसार सडकदेखि करीब ७०/८० मिटर माथिदेखि पहिरो खसेको छ । उहाँले भन्नुभयो– ‘पहिरोले सडक पूरै पुरिएकाले पूर्ण रुपमा आवातजावत रोकिएको छ ।’

अवरुद्ध सडक खुलाउन डोजरको सहायताले पहिरो हटाउने काम शुरु भइसकेको प्रहरीले जनाएको छ ।