प्याब्सन, एनप्याब्सनले देशभरका स्थानीय तहमा बुझाए ज्ञापनपत्र

काठमाडौँ – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) र एनप्याब्सनले देशभरका ७५३ स्थानीय तहमा आज ज्ञापनपत्र बुझाएका छन् ।

दुवै संगठनका स्थानीय कमिटीहरुले आज स्थानीय निकायको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा विद्यार्थी भर्ना तथा अभिलेखीकरण, शिक्षण सामग्री व्यवस्थापन, नयाँ शैक्षिक क्यालेण्डर निर्माण गरी पठन पाठनको व्यवस्था गर्न माग गरिएको छ । साथै एक महिनाको शुल्क बाहेक अन्य शुल्क लिन पाउने व्यवस्था गर्न, पुराना बक्यौता उठाउन तथा घरबहाल लगायतमा छुटको माग गरिएको छ ।

केही हिमाली र पहाडी जिल्ला बाहेक देशभरका सबैजसो स्थानीय तहका पालिकाहरुमा ज्ञापनपत्र बुझाइएको प्याब्सन महासचिव कुमार घिमिरेले खुल्लापाटीलाई जानकारी दिए । उनले भने –‘केही स्थानमा प्राविधिक र भौगोलिक लगायतका कारण सम्भव नभएपनि अन्यत्र अति सक्रियताका साथ ज्ञापनपत्र बुझाइएको छ ।’

हेर्नुहोस् मागपत्र :

र, यो पनि पढ्नुहोस :