प्याब्सन स्थानीय पालिकाले देशभर स्थानीय तहमा बुझाए ज्ञापनपत्र

काठमाडौँ । निजी विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल, नेशनल प्याब्सनले शुक्रबार देशभरका स्थानीय तहमा ज्ञापनपत्र बुझाएका छन् ।

यो समाचार तयार पार्दासम्म देशभरका विभिन्न स्थानीय तहमा ज्ञापनपत्र बुझाइसकेको प्याब्सन उपमहासचिव आरबी कटवालले खुल्लापाटीलाई जानकारी दिए । यसअघि बुधबार दुवै संगठनका अध्यक्षले आर्थिक तथा व्यवसायिक संकट आइपरेकोले अनिश्चिताबीच विद्यालयका प्रशासनिक कार्यालयहरु खोलि गतिविधि सञ्चालन गर्नु भन्दा कार्यालय बन्द गरी बस्नु नै उचित विकल्प भन्दै शिक्षक कर्मचारीलाई बेतलबी बिदा दिने गरी विद्यालय बन्द गर्ने निर्णय गरेका थिए ।

स्थानीय पालिकाहरुको ध्यानाकर्षण गराउने भन्दै ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएकाले सोही अनुसार देशभर ज्ञापनपत्र बुझाइएको प्याब्सनले जनाएको छ ।