सिजन च्याम्पियन लिभरपुल आर्सनलसँग पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लिभरपुललाई पराजित गरेको छ । यस सिजनको च्याम्पियन लिभरपुललाई घरेलु मैदानमा आर्सनलले २–१ ले हराएको हो ।

खेलको २० औं मिनेटमा साडियो मानेले लिभरपुललाई अग्रता दिलाएका थिए । तर एलेक्जेन्डर लाकाजेटले ३२औं मिनेटमा गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याए । गोलकिपर एलिसनको कमजोर प्रर्दशनको फाइदा उठाउँदै निल्सनले ४४औं मिनेटमा आर्सनललाई २–१ को अग्रता दिलाए जुन खेल जित्नका लागि पर्याप्त बन्यो ।

जीतसँगै आर्सनल ५३ अंक बनाएको छ र उ नवौं स्थानमा कायम छ । हारका बाबजुद शीर्ष स्थानको लिभरपुलको ९३ अंक छ ।