कोरोनाका कारण काठमाडौँमा एकको मृत्यु

काठमाडौँ – कोरोना भाइरसका कारण काठमाडौँका एक व्यक्तिको मृत्यु भएको छ । काठमाडौँ नयाँ बानेश्वरका एक ८५ वर्षिय वृद्धको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ बानेश्वर बस्ने ८५ वर्षिय वृद्धको राजधानीको एक निजी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उनी उच्च रक्तचाप र पार्किन्सनको पनि विरामी रहेको बताए ।

छाती दुख्ने समस्या र पिसाबमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए ।