आज त्रिभुवन विश्वविद्यालयको ६१ औँ स्थापना दिवस

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले आज ६१औं स्थापना दिवस मनाउँदै छ । लकडाउनका कारण गत चैत ७ गतेदेखि बन्द रहेको विश्वविद्यालयले आउँदो दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थी संख्यासहितको ग्रेस लिस्ट पारित गर्ने भएको छ ।

त्रिविसभाको बैठकले ग्रेस लिस्ट पास गरेपछि ती विद्यार्थी पुसमा आयोजना हुने दीक्षान्त समारोहमा सहभागी हुने छन् । सभाले ५६ हजार ७ सय १३ जनाको ग्रेस लिस्ट पास गर्नेछ ।

विसं २०७६ असार १ गतेदेखि २०७७ जेठ मसान्तसम पीएचडीदेखि स्नातक तहको अध्ययन पूरा गरेका विद्यार्थीको नाम ग्रेस लिस्टमा समावेश हुनेछ ।