निजी विद्यालयका शिक्षकको तलब व्यवस्थापन दायित्व कसको ? आज हुँदैछ बहस

काठमाडौँ – खुल्लापाटी डट कमको खुल्ला बहस अन्तर्गत आज निजी विद्यालयका शिक्षकका समस्या लगायतबारे बहस हुँदैछ । खुल्लापाटी डट कमले नियमित गर्ने खुल्ला बहस अन्तर्गत आजको श्रृङखलामा विद्यालय सञ्चालक, शिक्षक र अभिभावक सहभागी हुन लागेका हुन् ।

किन अभिभावक गुहार्दैछन् छन् निजी विद्यालय ? नपढाएको शुल्क तिर्न अभिभावक तयार छन् ? यी र यस्तै विषयमा आज बहस हुन लागेको हो ।

आजको बहसमा विद्यालय सञ्चालकहरुको छाता संगठन एन प्याब्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटा, संस्थागत विद्यालय अभिभावक संघका केन्द्रीय अध्यक्ष सुवास भण्डारी र संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)का केन्द्रीय महासचिव भोलानाथ चालिसे सहभागी हुँदैछन् ।

बहस बेलुका ५ बजेदेखि सुरु हुनेछ । बहस प्रत्यक्ष हेर्न खुल्लापाटी डट कमको तल उल्लेखित फेसबुक पेज लाइक गर्नुहोला ।

https://www.facebook.com/khullapati2020/

साथै नियमित अपडेटका लागि युट्युब पनि सब्स्क्राइब गर्नुहोला ।

https://www.youtube.com/channel/UC05oGM8Ly05hJaVD05AtJ7Q