थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८६०५ पुग्यो

काठमाडौँ – नेपालमा आज थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ३३१ जनामा कोरोनाको संक्रमण देखिएको जानकारी दिए । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ८ हजार ६०५ पुगेको छ ।

उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा १७६ जना डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या १५ सय ७८ पुगेको छ। हालसम्म कोरोना संक्रमित जिल्लाको संख्या ७४ पुगेको छ ।