कोरोना सन्त्रासमा रहेका विद्यार्थीलाई प्रिन्सिपलको अपिल

प्रिय SEE को तयारीमा रहेका नानिबाबुहरु,

करिब १४ महिना को तयारी पछी नेपाल सरकार बाट परीक्षा स्थगित भएको निर्णय लाई निम्न अनुसार स्वागत गर्दछौं ।

१. हामीले तपाईंहरुलाई न त परिक्षा को लागि मात्रै भनेर अध्यापन गरायौं न त तपाइँहरु बाट नै अध्यन भनेको परिक्षा मात्रै हो भनेर बुझ्नुभो, तसर्थ हामी मिलेर स्वागत गर्दछौं ।

२. परिक्षाको मुखमा परिक्षा स्थगित हुँदा परिक्षाको तयारीमा समय थप भो भनेर खुशी प्रकट गर्ने तपाईंहरु र अझै थप तयारी गरौं भन्ने हामी शिक्षकहरुलाई यो निर्णयले केहि फरक पार्दैन, तसर्थ हामी मिलेर स्वागत गर्दछौं ।

३. करीब ३ घन्टा को बसाइँमा सकिने परिक्षा ले भन्दा हामीले हाम्रा विद्यार्थी लाई राम्रो सङ मुल्यांकन गर्न सक्छौं तसर्थ यो निर्णयलाई हामी मिलेर स्वागत गर्दछौं ।

४. आन्तरिक मुल्यांकनको नाम मा जथाभावी गर्नु हुँदैन भन्ने हामी सबैले बुझेका छौं, सहि मुल्यांकन हुने नै छ, तसर्थ हामी मिलेर स्वागत गर्दछौं ।

५. अध्ययन निरन्तरको प्रक्रिया हो, परिक्षा स्थगित भो भन्दैमा यो प्रक्रियालाई नरोकौ, परिक्षा को तयारी मा खर्चंदै आएको समय अन्य प्रकारका अध्ययनमा खर्च गरौं , ज्ञानको दायरा बढाउने प्रयास गरौं , औपचारिक कक्षा तत्काल सुरु नहोला तसर्थ यो हामी मिलेर स्वागत गरौं ।

६. नेपाल सरकार हाम्रो अभिभावक हो, अभिभावकको निर्णय मान्नु र पालना गर्नु हाम्रो दायित्व हो तसर्थ हामी मिलेर स्वागत गरौं । ७.अन्त्यमा हामीले सधैं भन्ने गरेको अध्ययन परिक्षामुखि मात्रै हुनु हुँदैन भन्ने मान्यतालाई आत्मसात् गर्दै अनन्तकाल सम्म चल्ने सिकाइ प्रक्रिया मा सधै लागौं भन्दै नयाँ अध्याय को सुरुवात गर्नु हुन अनुरोध गर्दछौ। धन्यवाद ।

-सुरेश चुम्बक अधिकारी
(अधिकारी काठमाडौँको युरेका हाई स्कुलका प्रिन्सिपल हुन् )