कोरोनाका कारण दोलखाका १ पुरूषको मृत्यु, मृतककाे संख्या ९ पुग्याे

काठमाडौं – दोलखाका एक जनाको कोरोनाका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले दोलखाका ७६ वर्षका बृद्दको उपचारका क्रममा आज मृत्यु भएको जानकारी दिनुभयो ।

ती पुरुष गत जेठ १३ गते काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारका लागि भर्ना भएका थिए । ब्रेन हेमरेज स्ट्रोक उनलाई काठमाडौं मेडिकल कलेजमा ब्रेनको जटिल शल्यक्रिया भएको थियो । यस्तै जेठ १५ गते स्वाबको परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

जेठ १५ गते स्वाब लिई परीक्षण गर्दा पोजेटिभ देखिएपछि थप उपचारका लागि  शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । उहाँको आइसीयूमा उपचार भइरहेको थियो । यो संगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ ।