कोरोनाका कारण अर्का एकको मृत्यु

काठमाडौँ – कोराना संक्रमण पुष्टि भएका अर्का एक व्यक्तिको पनि निधन भएको छ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–९ स्थायी घर भएका ३५ वर्षिय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । जेठ १० गते भारतबाट आएका ती पुरुषको नमुना संकलन गर्दा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

मृतक तीपुरुषको हिजो आएको परीक्षण रिपोर्ट पोजेटिभ देखिएको हो । उनीसँगै सम्पर्कमा आएको अन्य व्यक्तिहरुको नमुना लिने काम जारी रहेको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । यसअघि, कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्ध र ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुषको निधन भैसकेको छ ।