खुल्लापाटी खुल्ला बहस अन्तर्गत विहीबार प्याब्सन सल्लाहकार श्रेष्ठसँग बहस हुँदै

काठमाडौँ – खुल्लापाटी डट कमको खुल्ला बहस अन्तर्गत विहीबार प्याब्सन सल्लाहकार आशीष श्रेष्ठसँग बहस हुँदैछ । हेटौँडाको तुलसीमेयर मेमोरियल स्कुलका सञ्चालकसमेत रहेका श्रेष्ठसँग परीक्षा, कोरोनापछिको शैक्षिक क्षेत्र, निजी विद्यालयका समस्या र चुनौती लगायतबारको बहस हुनेछ । बहस दिउँसो १ बजेबाट हुनेछ ।

खुल्लापाटीले लकडाउनको समयमा घरमैँ रहनुभएका अभिभावक, बालबालिका, शैक्षिक, खेलकुद क्षेत्रका सरोकारवालाहरुलाई विभिन्न क्षेत्रका विषयगत विज्ञमार्फत जानकारी गराउने उद्देश्यले खुल्ला बहस सञ्चालन गर्ने गरेको छ ।

खुल्लापाटीको पेजमार्फत बहस लाइभ हुने भएकाले श्रृङखला प्रत्यक्ष हेर्न चाहनेले खुल्लापाटी डटकमको पेज लाइक गरी हेर्न सक्नुहुनेछ । कार्यक्रम हेर्न र पेज लाइक गर्न यहाँ क्लिक गर्नुहोस् ।

https://www.facebook.com/Khullapati-1529576157367337/