कोरोना भाइरसका कारण हालसम्म २ लाख ५८ हजार बढीले गुमाए ज्यान

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार २ सय ९५ पुगेको छ । महामारीका रुपमा फैलिएको कोरोना भाइरस विश्वका २१२ मुलुकमा पुगिसकेको छ ।

२ वटा पानीजहाजमा फैलिएको यो भाइरसबाट विश्वका ३७ लाख २६ हजार बढी जना संक्रमित भैसकेका छन् । त्यस्तै उपचारपछि १२ लाख ४१ हजार बढी निको भएका छन् । २२ लाख २६ हजार ४८५ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४९ हजार २४८ जनाको अवस्था गम्भीर छ ।