कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार नाघ्यो

काठमाडौँ – ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीका कारण विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ५८६ पुगेको छ । भाइरसका कारण संक्रमित हुनेको संख्या ३४ लाख नाघेको छ ।

भाइरसबाट विश्वका २१२ मुलुक प्रताडित भएका छन् । २ वटा पानीजहाजमासमेत फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १० लाख ८१ हजार ५८८ जना मानिस उपचारपछि निको भइ घर फर्केका छन् ।

त्यस्तै कोरोना संक्रमित करिब २१ लाख मानिसहरु विभिन्न अस्पतालमा उपचार गराइरहेका छन । जसमा उपचाररतमध्ये ५१ हजार बढीको अवस्था गम्भीर छ ।

कोरोना भाइरसको महामारीले सबैभन्दा धेरै क्षति पुर्‍याएको अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६५ हजार नाघेको छ ।
नेपालमा भने ६० हजार बढी मानिससँग परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाबाट ५९ जना संक्रमित भएका छन् भने १६ जना उपचारपछि निको भएका छन् ।