ऋषि कपूरको निधन

काठमाडौँ । बलिउड अभिनेता ऋषि कपूरको ६७ साल को उमेरमा निधन भएको छ । अमिताभ बच्चनले ट्वीट गर्दे ऋषि कपुरको मुत्युको पुष्टि गरेका हुन ।

अमेरिकामा क्यान्सरको उपचार गरेर पछिल्लो बर्ष सेप्टेम्बरमा भारत फर्किएका अभिनेता ऋषि कपुरको स्वास्थ्य खराब भएपछि उनलाई बुधबार विहान मुम्बईको अस्पतालमा भर्ना गरिएको थियो ।

ऋषि कपुरको दाई रणधीर कपुरले ऋषि कपुरकलाई एच एन रिलायन्स अस्पतालमा भर्ना गराइएको जानकारी दिएका हुन् । हिजो बुधबार मात्र बलिउडको दिग्गज अभिनेता इरफान खानको मुत्य भएको थियो ।