खुल्लापाटीको खुल्ला बहस : आज बालबालिकाका विषयमा २ बहस हुँदै

काठमाडौँ । खुल्लापाटी डट कमले नियमित गर्ने गरेको खुल्ला बहसमा आज बालबालिकासँग सम्बन्धित विषयमा दुई बहस हुने भएको छ । आज उत्प्रेरक एवं कुशल वक्ता रविन कट्वालले बालबालिकालाई घरमा के कसरी संस्कार सिकाउने ? बालबालिकाका लागि अहिले अभिभावकले गर्नुपर्ने कर्तब्य के कस्ता हुन्छन् भन्नेबारे बहस गर्नुहुनेछ । कट्वालसँगको बहस १२ बजेपछि खुल्लापाटीबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

त्यस्तै आजै बालबालिका कोरोनाका कारण के कसरी जोखिममा रहन सक्छन भन्नेबारे नेपाल मेडिकल कलेजका बालरोग विशेषज्ञ डा. प्रशान्त रिजालसँग बहस हुनेछ । रिजालसँगको बहस दिउँसो १ बजेपछि लाइभ हुनेछ ।

आजै खुल्लापाटी डट कमले वागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालको पत्रकार सम्मेलनको दिउँसो २ बजेपछि लाइभ गर्ने भएको छ ।

याक पब्लिकेशन प्रा.लि द्धारा सञ्चालित खुल्लाापटी डट कम शिक्षा र खेलकुद क्षेत्रसँग समर्पित अनलाइन पत्रिका हो । खुल्लापाटीका समाचार थाहा पाउन खुल्लापाटी डट कमको फेसबुक पेज लाइक गर्नुपर्नेछ ।