कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ लाख नाघ्यो

काठमाडौँ – कोरोना भाइरसबाट विश्वमा ज्यान गुमाउनेको संख्या दुई लाख ३ हजार २ सय ७२ पुगेको छ। आइतवार विहान ७ बजेसम्ममा विश्‍वभरमा ज्यान गुमाउनेहरुको संख्या २ लाख ३ हजार २ सय ७२ पुगेको हो। कोरोनाका कारण अमेरिकामा मात्रै ५४ हजार २५६ ले ज्यान गुमाएका छन् । अमेरिकामा संक्रमितको संख्या नै ९ लाख २९ हजार ६३७ पुगेको छ।

कोरोना भाइरसबारे अपडेट दिइरहेको वर्ल्डो मिटर डट इन्फोका अनुसार विश्‍वभर कोरोना संक्रमितको संख्या २९ लाख १९ हजार ४ सय ७२ पुगेको छ। यसका साथै कोरोना ठीक भएर घर फर्किनेको संख्या ८ लाख ३६ हजार ६ सय १२ पुगेको छ।

कोरोनाबाट इटालीमा २६ हजार ३८४ ले ज्यान गुमाएका छन्। इटालीपछि स्पेनमा २२ हजार ९०२ ले ज्यान गुमाएका छन्। फ्रान्समा २२ हजार २४५ ले ज्यान गुमाएका छन्। फ्रान्सपछि बेलायतमा २० हजार ३१९ ले ज्यान गुमाएका छन्। हालसम्म नेपालमा जम्मा ४९ जना कोरोना सङ्क्रमित देखिएकामा १३ जना निको भएर घर फर्किसकेका छन् । अन्यको अवस्थामा पनि सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।