एसइईको विकल्प नखोज्न शिक्षक संघको आग्रह

काठमाडौँ । नेपाल शिक्षक सङ्घले एसईई र कक्षा ११ र १२ का परीक्षाको विकल्प नखोज्न चेतावनी दिएको छ । संघको केन्द्रीय कार्यसमितिको एक विज्ञप्ति जारी गरी निर्णय सार्वजनिक गर्ने क्रममा सङ्घका अध्यक्ष राजेन्द्रराज पौडेल र महासचिव सोमनाथ गिरीले कोरोना भाइरसका कारण परिस्थिति गम्भीर बनेपनि परीक्षाको विकल्प नखोज्न आग्रह गरेका हुन् ।

सङ्घको संघीय कार्यसमिति बैठकले महामारीका कारण स्थगित हुन पुगेकोे परीक्षाको सन्दर्भमा हाल उठिरहेको विषयले आफ्नोे गम्भीर ध्यानाकर्षण भएकोसमेत स्पष्ट पारेको छ । यी परीक्षाहरु अन्यभन्दा बढी महत्वका साथ हेरिने र यीबाट प्राप्त उपलब्धिले विद्यार्थीको जीवनभर प्रभाव राखिरहने साथै अन्तराष्ट्रिय समकक्षताको विषयसमेत जोडिने भएकाले परीक्षाको विकल्प नखोज्न संघले विज्ञप्तिमार्फत आग्रह गरेको हो ।

परीक्षाको महत्व र प्रभावलाई मध्यनजर गरी लकडाउन पश्चात उपयुक्त समयमा विद्यार्थीलाई अनुकूल वातावरण निर्माण गरी परीक्षाको मर्यादाबमोजिम नै सञ्चालन गरिनु उपयुक्त हुने सङ्घको स्पष्ट दृष्टिकोण रहेको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा सङ्घको संघीय कार्यसमितिले गरेको समसामयिक विषयसँग सम्बन्धित विभिन्न निर्णय सार्वजनिक गरिएको छ । हेर्नुहोस् विज्ञप्ति जस्ताको तस्तै :