कोरोना भाइरसका कारण विश्वभर १ लाख ७७ हजार ६ सय ४१ को मृत्यु

काठमाडौँ । कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या १ लाख ७७ हजार ६ सय ४१ जनाको मृत्यु भएको छ । मंगलबार विहान ९ बजे सम्मको तथ्यांकमा विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार ६ सय ४१ पुगेको हो । त्यस्तै ६ लाख ९० हजार ४ सय ४४ जना उपचारपछि निको भएका छन् ।

कोरोनाका कारण २५ लाख ५७ हजार १ सय ८१ संक्रमित भएका छन् । कोरोनाका कारण अमेरिकामा मात्रै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ हजार नाघेको छ । कोरोनाले इटालीमा एकै दिन ५३४ जनाको मृत्यु भएको छ ।

मंगलबार थप ५३४ जनाको मृत्यु भएपछि इटालीमा मृतकको संख्या २४ हजार ६४८ पुगेको छ । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ४३० जनाको मृत्यु भएको छ भने ३ हजार ९६८ जना नयाँ संक्रमित थपिएका छन् । फ्रान्समा २० हजार ७९६ जनाको मृत्यु भएको छ भने बेलायतमा १७ हजार ३३७ जनाको मृत्यु भएको छ ।