सोलुखुम्बुमा १६ मोटरसाईकल जलाईयो, हेर्नुहोस कस-कसको जल्यो(नामलिस्ट सहित)

अनुज खड्का
माघ ४, सोलुखुम्बु
/

हाईड्रो प्रभावित क्षेत्र तिङलामा विद्युत विस्तार नगरी पत्तालेमा उद्धघाटन गर्न लागेको भन्दै सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लाका स्थानियले कार्यक्रम बहिस्कार गरेका थिए । कार्यक्रम बहिस्कार गरेएकामा विहानै देखि प्रर्दशन गरेका तिङलाबासीले कार्यक्रममा सहभागी ब्यक्तिहरुको मोटरसाइकलमा जथाभावी आगो लगाएका हुन ।
जिल्लाका संघिय सांसद हेमकुमार राई (शुरबीर)ले शनिबार पत्तालेमा उद्घाटन गर्ने कार्यक्रम थियो । झडपमा केहि मानिसहरु घाईते भएको पनि बताईएको छ । कार्यक्रममा झडपको स्थिती सृजना भएपछि अतिथिहरु विच बाटोबाटै सदरमुकाम सल्लेरी फर्किएका छन ।
झडप पछि प्रदर्शनकारीहरुले ठाउँ ठाउँमा रुख ढालेर सडक अवरुद्ध गरेका छन । सडक अवरुद्ध भएसँगै सोलुखुम्बु भित्रने दर्जनौ सवारी साधन पत्ताले क्षेत्रमा नै अलपत्र परेका छन । शुक्रबार सो क्षेत्रमा हिमपात समेत भएकाले विच बाटोमा नै अलपत्र हुदाँ यात्रुले सास्ती खेप्न बाध्य भएका छन ।

झडप पश्चात आयोजक कमिटिले पत्रकार सम्मेलन मार्फत झडपको मुख्य योजनाकार सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाकङ्बु शेर्पा रहेको स्पष्ट पारेको छ । मेयर शेर्पाकै निर्देशनमा उनका निकट मानिने नेपाली काङ्ग्रेसका कार्यकर्ता बालकुमार कार्कीले घटना घटाएको आयोजकको निष्कर्श रहेको छ । कार्यक्रम घोषणा भ​एको दिन देखि नै सामाजिक संजाल मार्फत कार्यक्रम बिथोल्ने धम्की दिदै आएका मेयर शेर्पाले नै कार्यक्रममा झडपको निर्देशन दिएको आयोजकले बताएको छ । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सोलुखुम्बुका प्रतिनिधि सभाका सदस्य माननिय हेम कुमार राई सुरबिरले आफूहरु निरन्तर जनभावना अनुसार बिकास निर्माणका कार्यमा सक्रिय रहदा पनि मेयर शेर्पाले जनतामा भ्रम फैलाएर अराजता निम्त्याउने कार्य गरिरहेको आरोप लगाउनु भ​एब्को छ । सोलुखुम्बुमा केन्द्रिय प्रसारण लाईनको उद्घाटन जस्तो गौरबपुर्ण कार्य हुदैगर्दा बिकास बिरोधी मानसिकताका मेयरले जनतालाई अनावस्यक भड्काएर बिकास बिरोधी अभियानमा प्रयोग गरेको सांसद राईको भनाई रहेको छ अ।

कार्यक्रमका लागि भनेर कार्यक्रमस्थल तर्फ गईरहेका ब्यक्तिहरुलाई बिच बाटोमै रोकेर अन्दाधुन्दा ढुङ्गा प्रहार गरिएको थियो । त्यसपछि उनिहरु सवार मोटरसाईकलमा बालकुमार कार्कीको नेतृत्वमा आगजानी भ​एको आक्रमणमा परी घाईते भ​एका प्रबेश राईले जानकारी दिनुभ​एको छ । उहाका अनुसार कार्यक्रममा सहभागीको तर्फबाट भने कुनैपनि ब्यक्तिले हात उठाएका थिएन्न । आन्दोलनका नाममा लागुपदार्थ सेवन गरेका ब्यक्तिहरु अन्धाधुन्दा आफूहरु माथी आईलागेको नेकपाका जिल्ला कमिटि सदस्य समेत रहेका राईले जानकारी दिनुभयो । आज भ​एको झडपमा प्रबेश राई, दिपक किराती, बिपिन राई, सुन्दर तामाङ बिजय, बिर उदस श्रेष्ठ, युजन बस्नेत लगायतको सहित १६ वटा मोटरसाईकल जलेर खरानी भ​एको छ । त्यसका अलाबा एउटा बुलेरो गाडीमा पनि आगलागी भ​एको छ । गाडी पुर्ण रुपमा नष्ट भ​एको छ भने एक दर्जन भन्दा बढि मानिसहरु ढुङ्गाले लागेर घाईते भ​एका छन । यो सबै क्षतीको जिम्मा नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले लिनुपर्ने आयोजकले जनाएको छ । शेर्पाको सामाजिक संजा।लको अभिब्यक्तिका आधारमा पनि यो घटनाको जिम्मा मेयर शेर्पाले नै लिनुपर्ने आयोजकको अडान रहेको छ । त्यसका अलाबा आन्दोलनकारीलाई मेयरले नै खाजा, खाना, चाउचाउ र मदिरा उपलब्ध गराएको पाईएको आयोजकले जनाएको छ । मेयर शेर्पाले दुईदिन अगाडी आफ्नो सामाजिक संजाल फेसबुकमा आन्दोलनको चेतावनी दिएका थिए ।झडप भईसकेपछी मेयर शेर्पाले भने झडपमा आफ्नो कुनै हात नरहेको भन्दै सामाजिक संजालको अभिब्यक्ती केवल आफ्नो ब्यक्तिगत धारणा रहेको बताएका छन ।

मेयर शेर्पाको फेसबुक स्टेटसः

सुरक्षा निकाय कहा थियो त ?

यी सबै घटना भईरहदा सुरक्षा निकाय पनि घटनास्थलमा नै रहेको थियो । त्यति मात्र होईन आजको कार्यक्रममा झडपको सम्भाबना रहेको पनि प्रहरी प्रशासनलाई अबगत थियो । तरपनि पुर्ब अबगत भ​एको सम्भाबित घटनालाई नियन्त्रणमा लिन प्रहरी असफल देखिएको छ । घटनालाई नियन्त्रणमा लिने क्रममा एकजना प्रहरी नायब उपरिक्षक समेत घाईते भएका छन । झडप अनियन्त्रित बनेपछि प्रहरीले हवाई फायर तथा अश्रुग्यास समेत प्रहार गरेको छ । घटना सम्पुर्ण बिबरण आएपछी तुरुन्तै एक्सन चाल्ने नबनियुक्त प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिनुभ​एको छ । घटना अझै ठुलो जनधनको क्षती हुनसक्ने प्रति ईङ्गित गर्दै आचार्यले सुरक्षा निकायको सक्रियताकै कारण ठुलो क्षती हुन नपाएको बताउनुभ​एको छ ।