सगरमाथाको सौदर्यलाई मात्र बेच्न सके समृद्धि सम्भब छ, समृद्धिको एक मात्र बिकल्प नेकपा नै हो: जनार्दन शर्मा


अनुज खड्का / नेपाल कम्युनिस्ट पार्टीका संगठन बिभागका उपप्रमुख जनार्दन शर्माले सगरमाथालाई मात्र ठिकसङ्ग बेच्न सकियो भने समृद्धि सम्भब रहेको बताउनुभएको छ । सोलुखुम्बुको माप्य दुशकोशी गाउँपालिका स्तरिय नेकपाको बृहत भेला एबम एकदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले यस्तो बताउनु भएको हो । उहाँका अनुसार हामीले समृद्धिको सपना साकार पार्न हाम्रा स्रोतहरुको अधिकत्तर उपयोग गर्नुपर्ने हुन्छ । जसअन्तर्गत बिश्वको सबैभन्दा आकर्षक पर्यटकिय गन्तब्य सगरमाथाको सौदर्यलाई ठिकसङ्ग बेच्न सके मात्रै पनि देशको अर्थतन्त्रमा कायापलट हुने शर्माको धारणा रहेको छ ।

दुई ठुला पार्टी एक भएर बनेको शक्तिशाली कम्युनिस्ट पार्टी प्रती जनताको अपेक्षा पनि ठुलै रहेकाले तिनै तहको सरकारले गम्भिरता पुर्बक काम गर्नुपर्ने आवस्यकता शर्माले औल्याउनुभएको छ । त्यसको लागि स्थानिय तहले शिक्षा, स्वास्थ्य र बिकास निर्माणलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्नुपर्ने उहाँको भनाई छ । त्यसका साथसाथै जनतामा सकारात्मक सन्देश प्रवाह गर्नको निम्ति पार्टीको राजनितिक प्रतिबेदन र बिधान जनस्तरमा पुग्न आवस्यक रहेको पनि उहाले बताउनु भयो । त्यसका लागि जिल्ला कमिटिले सकृयताका साथ काम गर्नुपर्ने उहाको भनाई रहेको छ । “हाम्रो उदेश्य समाजवाद नै हो तर दिशा र गती भने पुजिवाद तर्फ उन्मुख देखियो” उहाले भन्नुभयो “विधि प्रकृया र पद्दतीलाई आत्मसात गरेर उदेश्य प्रती पार्टीका नेता तथा कार्यकर्ता र निर्वाचित निकाय सचेत बन्नुपर्छ ।”

जनवादमा आधारित केन्द्रीयता र मूल्य तथा मान्यतामा पार्टी संचालन हुनुपर्छ, पार्टी बिधिसंबत परिचालन हुने बित्तिकै पार्टीभित्रका गुटगत अस्तित्वहरु स्वतह समाप्त हुन्छन र नेता तथा कार्यकर्ताको पारदर्शी मुल्याङ्कन प्रणालीको बिकास भएमा जनतामा गरेका बाचालाई सजिलै पूरा गर्न सकिने तथा समृद्धिको राष्ट्रीय अभियान सफल हुने उहाँको धारणा रहेको छ । यो समय संघियता, समानता र समबेशीतालाई बलियो बनाउनु पर्ने समय रहेकाले यसमा कुनैपनी कम्युनिस्ट नेता कार्यकर्ता चुक्न नहुने तर्फ उहाँको विशेष जोड रहेको थियो । त्यसका लागि स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारको समन्वयमा साझा ढंगले राष्ट्रको उत्पादक शक्तीमा बिकास गर्नुपर्ने, उत्पादक स्रोतमा सरकार र जनताको सामुहिक स्वामित्व स्थापित गर्दै राष्ट्रिय पुजीको वृद्धि गर्नुपर्ने र दलाल पुजिबादको चौघेराबाट कम्युनिस्ट नेतृत्वहरु मुक्त हुनुपर्ने शर्माको आग्रह रहेको छ । उहाले भन्नुभयो “जनतालाई संगठित गर्ने सहकारीहरु बिकास गरेर उत्पादनमा जोड दिनुपर्छ । कृषिलाई उद्दोगमा रुपान्तरण गर्नुपर्छ। आफ्नो गाउँ आत्मनिर्भर बनाउ भन्दै उत्पादनमा जोड दिने र स्थानिय स्रोतमा स्थानिय जनताको स्वामित्व स्थापित गराउने हो भने देशले मुहार फेर्न र कम्युनिस्ट सिद्धान्तको समाजबाद हासिल गर्न सकिन्छ।”

“जननिर्वाचित जनप्रतिनिधिहरुले जनता तथा कार्यकर्ताकै कारण आफू चुनिएको भन्ने कुरा बिर्सनु भनेको ठूलो दुर्भाग्य हुनेछ । एउटा ब्यक्ती वडा अध्यक्ष/ नगर तथा गाउँपालिका अध्यक्ष वा नगरपालिका अध्यक्ष/ प्रदेश तथा संघिय प्रतिनिधि वा मन्त्री जे भएपनी यसमा सबै कार्यकर्ताको योगदान रहने हुदा र पार्टीबाट उसले टिकट पाएर चुनाब लडेको हुदा पार्टी र जनताप्रती प्रतिनिधिहरु बफादार हुनैपर्छ- उहाँले थप्नुभयो । स्थानिय युवालाई परिचालन गरेर श्रम सहकार्य गर्दै उत्पादन तथा बिकास निर्माणलाई जोड दिएमा मात्र समृद्धि सम्भब हुने र त्यसको एकमात्र बिकल्प नेपाल कम्युनिस्ट पार्टी रहेको पनि उहाको दाबी रहेकी छ ।