Lateset News

रेडियन्ट रिडर्समा दीक्षान्त, परीक्षाफल तथा पुरस्कार वितरण सम्पन्न


ललितपुर । सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले विशेष समारोह आयोजना गरी २०७५ सालको वार्षिक दीक्षान्त, परीक्षाफल तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौँ, कागेश्वरी मनोहरा नगरप्रमुख श्री कृष्णहरि थापाको प्रमुख आतिथ्य एवम् विद्यालयका संस्थापक प्रिन्सिपल श्री डीके ढुङ्गानाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा तहगत अध्ययन पूरा गर्ने छात्रछात्रालाई दीक्षित गरिनुका साथै विभिन्न विधामा उत्कृष्ट कार्य गर्नुहुने शिक्षक, कर्मचारी तथा उत्कृष्ट छात्रछात्रालाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।