Lateset News

त्रिभुवन आर्मी सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश

धनगढी, २९ पुस । धनगढीमा जारी नेपाल आईस खप्तड गोल्डकप अन्तर्गत आज धनगढी रंगशालमा आज भएको पहिलो सेमीफाईनलको खेलमा मनाङ मर्स्याङदीलाई ३–१ ले पराजित गर्दै त्रिभुवन आर्मी फाइनलमा प्रवेश गरेको छ । खेलको ८ औ मिनेटमा हेमन गुरुङको गोलले अग्रता लिएको मनाङले उक्त अग्रता जोगाउन नसक्दा पराजित हुनुपरेको हो । त्यसपछि कुनै गोल गर्न नसकेको मनाङले खेलको पहिलो हाफमा २ र दोश्रो हाफमा १ गोल खाएको थियो । आर्मीका लागि कप्तान भरत खवासले २० औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । खेलको पहिलो हाफमैँ आर्मीका नवयुग श्रेष्ठले ४३ औँ मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । खेलको दोश्रो हाफमा दुवै टोली विच कडा प्रतिस्पर्धा देखिएपनि आर्मीका सन्तोष तामाङले ८८ औँ मिनेटमा गोल गर्दै खेलको नतिजा आर्मीको पोल्टामा पारेका हुन् । खेलमा आर्मीका नवयुग श्रेष्ठ म्यान अफ द म्याच घोषीत हुदै नगद १० हजार हात पारे । सेमीफाईन अन्तरगत आइतबार घरेलु टोली सुदुरपश्चिम ११ र विभागीय टोली एपीएफ विच खेल हुने छ । फाईनल खेल भने माघ १ गते हुने छ ।